साथीको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपाली युवकको मृत्यु

साथीको छुरा प्रहारबाट पोर्चुगलमा एक नेपाली युवकको मृत्यु

mrita fela

पोखरा । आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ ।

छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नगरपालिका–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा मृत्यु मृत्यु भएको हो ।

शान्तियागोमा रहेको लिटरोल अलेन्टेजानो अस्पतालमा अस्ति बिहीबार क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए ।

पोर्चुगलको ओडिमिरा बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई उनीसँगै बस्दै आएका पुतलीबजार–१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गएको मङ्गलबार राति छुरा प्रहार गरेका थिए ।

मदिराले मातेका गुरुङले क्षेत्रीलाई छुरा प्रहार गरेको पोर्चुगलस्थित अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालले जानकारी दिए । छुरा प्रहार गरी फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

क्षेत्री र गुरुङ वैदेशिक रोजगारीका सिलसिलामा आठ महिना अघि मात्र पोर्चुगल पुगेका हुन् । उनीहरु दुवै जना ओडिमिराको एउटा कृषि कम्पनीमा कार्यरत थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds