पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि पोखरामा आइटीएफ जे–३० टेनिस प्रतियोगिता शुरु भएको छ । गण्डकी प्रदेशका सामाजिक, स्वास्थ्य तथा खेलकुद मन्त्री सुसिला सिंखडाले प्रतियोगिताका प्राविधिक निर्देशक प्रविण नायक र प्रतियोगिता निर्देशक अजय विष्टलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरिन् । सो अवसरमा मन्त्री सिंखडाले टेनिस संघले आयोजना गर्दै आएको अन्र्तराष्ट्रिय प्रतियोगिताहरुले पोखराको पर्यटन विकासमा महत्वपूर्ण भूमिंका निर्वाह गरेको बताइन् । उनले टेनिस विकासका लागि मन्त्रालयको तर्फबाट अभिभावकको भूंमिका निर्वाह गर्ने मन्त्री प्रतिवद्धता जाहेर गरिन् ।
उद्घघाटन समारोहमा बोल्दै नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयका निमित्त कार्यालय प्रमुख नविन पोखरेलले विदेशबाट आएका खेलाडीहरुलाई हिमाल मुनिको टेनिस कोर्टमा स्वागत गर्दै आफ्नों देशमा पनि पोखराको सौन्दर्यता सुनाइदिन आग्रह गरे । अन्र्तराष्ट्रिय क्षेत्रबाट पर्यटक भित्र्याउने कार्यक्रमलाई सरकारी स्तरबाटै सहयोगको खाँचो रहने उनले औल्याए । आयोजक संघका अध्यक्ष लोक गुरुङ्गको अध्यक्षतामा भएको उद्घाटन समारोहमा उपाध्यक्ष नविन चालिसेले स्वागत तथा सचिव नविन श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।
ब्वाइज सिंगलतर्फ भएको प्रतियोगिताको उद्घाटन खेलमा एलेक्जे सिभइवले भारतका एस पन्चाछरीलाई ६–०, ५–० (रिटायर्ट हर्ट) मा, भारतका प्रनिल शर्माले नेपालका निहाल जंगबहादुर थापालाई ६–४, ६–१ ले, अमेरिकाका आरब सम्राट हाडाले भारतका सौर्य भारद्वाजलाई ६–२, ६–१ ले, भारतका अनिकेत बेन्करटामनले जापानका इपे माट्सुसिमालाई ६–३, ६–१ ले, नेपालका प्रनव मानन्धरले भारतका आहन सेट्टीलाई ६–४, ६–२ ले, नेपालकै आर्यन गिरीले भारतका आयन सेट्टीलाई ७–५, ६–२ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए ।
त्यस्तै, भारतका आरब बर्माले क्वानडाका जसराज सिंह जगदेवलाई ६–७, ६–१ र ६–२ ले, जापानका रिकु हिगासीले भारतका डिगान्त एमलाई ६–४, २–६ र ६–० ले तथा नेपालका आयुषमान हजुर घलेले भारतका दक्ष कुक्रेटीलाई ६–३, ६–४ ले पराजित गरे । गल्र्स सिंगलतर्फ भारतका यासिका सोकिनले नेपालका सुनिरा थापालाई ६–१, ६–१ ले पराजित गरिन् ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ