पोखरा । पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टि २० क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सान्त्वना जित हासिल गरेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा बुधबार पोखरा रंगशालामा सम्पन्न लिग चरणको अन्तिम खेलमा कोशीले आयोजक निलो विरुद्ध ९ विकेटले जित हासिल गरेको हो । खेल जिते पनि कोशी घर फर्किने छ । खेलमा आयोजक निलोले दिएको ६८ रनको लक्ष्यलाई कोशीले १ विकेट गुमाउँदै ७.४ ओभरमा पुरा गर्दै प्राप्त गर्न सफल भयो ।
टस जितेर फिल्डिङ रोजेको कोशीले आयोजक निलोलाई १७.५ ओभरमा ६७ रनमा रोक्न सफल भयो । ओपनर रोनिम तिवारीलाई फिर्दोश अन्सारीले सून्य रनमा पेभिलियन फर्काए पछि आयोजक निलो दवावमा परेको थियो । अर्का ओपनर अर्जुन रायमाझीले व्यक्तिगत २४ रन जोडे । उनलाई सोनु मण्डलले आउट गरे । मेहुल श्रेष्ठ र अभय यादवले १०–१० रन र शुभम खनालले ९ रन जोड्नु बाहेक चार जना खेलाडी डक आउट हुँदै पेभिलियन तिर फर्किए ।
आयोजकलाई सस्तैमा समेटन म्यान अफ दि म्याच समेत रहेका सर्वण यादवले ३ं.५ ओभरको स्पेलमा ८ रन दिएर ३ विकेट हात पारे । कमल खत्री र फिर्दोश अन्सारीले समान २–२ विकेट लिए ।
जवाफी व्याटिङमा उत्रिएको कोशीका लागि ओपनर सोनु अन्सारीले ३ चौका र ३ छक्का प्रहार गर्दै २२ बलमा ३५ रन बनाए । तेश्रो क्रममा आएका मिनाश थापाले ७ बलमा १८ रन बनाए भने अर्का ओपनर अंकित सुवेदी १४ रन जोडे । उनी शुभम खनालको बलमा आउट भए ।
भोली विहिबार पोखरा रंगशालामा दुई सेमीफाइनल खेल सम्पन्न हुनेछन् । पहिलो खेल विभागिय टोली नेपाल आर्मी र बागमती प्रदेश तथा दोश्रो खेल एपिएफ क्लव र मधेश प्रदेशका विच हुनेछ । फाइनल खेल शुक्रबार ११ बजे सुरु हुने जनाइएको छ ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’