पोखरा । नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजमा सञ्चालन भईरहेको ४१औं प्रतियोगिता–२०८० को उपाधि गण्डकी प्रदेश प्रहरी कार्यलयको फुटबल टोलीले हात पारेको छ ।
शुक्रबार भएको फाईनल खेलमा प्रहरी प्रधान कार्यालयको फुटबल टोलीलाई १–० को गोल अन्तरले पछि पार्दै गण्डकीले उपाधि हात पारेको हो । गण्डकीका लागि निर्णायक गोल प्रतियोगिताकै सर्वाधिक गोलकर्ताप्रहरी सहायक निरीक्षक आशिष थारुले प्रदान गरेका थिए ।
प्रतियोगितामा ६ गोल गरी थारु सर्वाधिक गोलकर्ता र फाईनल खेलको म्यान अफ दि म्याच बन्न सफल भए भने उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट फर्वार्ड क्रमश गण्डकीकै प्रहरी नायव निरीक्षक सन्तोष सुवेदी, प्रहरी जवान शिशिर चौधरी र प्रहरी सहायक निरीक्षक विवेक गुरुङले प्राप्त गरेका छन् ।
समुह चरणको पहिलो खेलमा लुम्बनी प्रदेश प्रहरी कार्यलयको फुटबल टोलीलाई २–१ दोस्रो खेलमा बागमति प्रदेश प्रहरी कार्यलयको फुटबल टोलीलाई ५–० र सेमिफाईनलमा कोशी प्रदेश प्रहरी कार्यालयको टोलीलाई ४–२ को गोल अन्तरले पराजित गरेको गण्डकी प्रदेशले अपराजित यात्रामा उपाधि हात पारेको छ । यस अघि गण्डकी प्रदेश प्रहरी कार्यालयको फुटबल टोलीले २०६७ सालमा यो उपाधि हात पारेको थियो ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’