पोखरा । टेनिस टुरका लागि चितवन आइपुगेका पोखरेली टेनिस खेलाडीको एउटा समुले चितवनमा मैत्रीपूर्ण टेनिस खेलेका छन् । उनीहरु चितवनस्थित प्रिमियर टेनिस एकेडेमीमा सिंगल्स तथा डबल्सका प्रतिस्पर्धाका लागि कोर्टमा उत्रिए । नौं सदस्यि टेनिस टोलीमा खेलाडीहरु गोपीबहादुर भट्टराई, सूर्यबहादुर भुजेल, धरम बहादुर लामिछाने, राज गुरुङ्ग, भिष्मराज पौडेल, विश्वराज पौडेल, बिरेन्द्र लामा, लक्ष्मण लामा, विनय थापा, देव श्रेष्ठ रहेका छन् ।
चितवनको भरतपुरस्थित उक्त टेनिस एकेडेमी खैरहनी नगरपालिका–१३, गवइक कुमार जंग क्षेत्रीले सञ्चालन गरेका हुन् । साढे दश कठ्ठा जग्गा भाडामा लिएर उनले चार कठ्का क्षेत्रफलमा दुई वटा कोर्ट निर्माण गरेका छन् । छिट्टै अरु दुई वटा टेनिस कोर्ट निर्माणको चरणलमा रहेको क्षेत्रीले बताए । १३ वर्षदेखि टेनिस खेल्दै आएका उनले काठमाण्डौमा सिटिजन कपका दुई र पोखरामा माछापुच्छ«े कपको एक संस्करणमा भाग लिएका छन् ।
चितवनमा टेनिस खेलको विकास र विस्तार गर्दै उत्पादित खेलाडीहरुलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा सहभागिता गराउने उनको लक्ष्य छ । मोफसलमा रहेर टेनिस खेलको विकासमा लागेकाहरुको हौसलाका लागि आफुहरु चितवन आएको खेलाडी गोपीबहादुर भट्टराईले बताए । टेनिस खेल्नका लागि बाहिरी शहरहरुमा जाने संस्कृतीको विकास गर्न सकिए यसले मोफलसमा खेल पर्यटन विकास मद्धत पुग्ने पोखरा पर्यटन परिषद्का पूर्वाध्यक्ष समेत रहेका भट्टराईको भनाई छ ।
निजि खर्चमा चितवनमै पहिलो टेनिस कोर्ट निर्माण गरेका खेल विकासमा लागेका कुमार जस्ता प्रतिभालाई सरकारी स्तरबाट पनि सहयोगको खाँचो रहने अर्का खेलाडी सूर्यबहादुर भुजेलको भनाई छ । टोलिलाई कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ्गले एक समारोहका विच पोखराबाट आइतबार विहान बिदाई गरेका थिए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह