भारतीय वायुसेनाको विमान दुर्घटना : दुई पाइलटको मृत्यु

भारतीय वायुसेनाको विमान दुर्घटना : दुई पाइलटको मृत्यु

biman

पोखरा । भारतीय वायुसेनाको एक ट्रेनर विमान तेलगंनामा दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ ।

आज बिहान ८ः५५ बजे पिलाटस प्रशिक्षण विमान तेलंगानाको डिन्डिगुलस्थित वायुसेना एकेडेमीमा दुर्घटनामा परेको हो । उक्त विमान दुर्घटनामा वायुसेनाका दुई पाइलटको घटनास्थलमै मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

विमान दुर्घटनामा ज्यान गुमाउने दुई पाइलटमध्ये एक प्रशिक्षक र अर्का वायुसेना क्याडेट रहेको अधिकारीहरूले बताएका छन् । पिलाटस पीसी ७ एमके २ विमान बिहान वायुसेना एकेडेमीबाट नियमित प्रशिक्षणका लागि प्रस्थान गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ