पोखरा । पोखरा महानगरपालिका भलिबल संघको आयोजनामा आगामी पौष १४ देखि १६ गतेसम्म ‘पोखरा कप अन्तर क्लबस्तरीय पुरूष भलिबल प्रतियोगिता’ हुने भएको छ । अंग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले आयोजना गर्दै आएको सडक महोत्सवको २५ औं संस्करणको अवसरमा फेवाताल किनार बसुन्धरा पार्कमा भलिबल संघले प्रतियोगिता गर्न लागेको हो ।
प्रतियोगितामा पोखरा बाहिरका क्लब पनि सहभागी हुन पाउने र टिममा दुई जनासम्म राष्ट्रिय खेलाडी समावेश गर्न पाइने भलिबल संघका अध्यक्ष एवं खेल संयोजक रामबहादुर लामिछानेले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ रूपैयाँ र उपविजेताले ७७ हजार ७७७ रूपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । विधागत पुरस्कारतर्फ बेष्ट सेटर, बेष्ट स्पाइकर, बेष्ट सर्भर, बेष्ट ब्लकर, बेष्ट डिफेन्डर (लिबेरो)ले ३÷३ हजार रूपैयाँसहित कप र प्रमाणपत्र पाउने भलिबल संघका सचिव युवराज गुरूङले जानकारी दिए । उत्कृष्ट खेलाडीले १० हजार रूपैयाँसहित कप र प्रमाणपत्र पाउने छन् ।
पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लामिछानेले स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । सामुदायिक एवं संस्थागत विद्यालयमा रहेका भलिबल खेलाडीलाई प्रतियोगिताले भलिबलप्रति ऊर्जा भर्ने उनको दाबी थियो । पत्रकार सम्मेलनमा शिक्षा महाशाखा प्रमुख हेम आचार्य, रेबान पोखराका कार्यालय सचिव कमलराज कोइरालालगायतको उपस्थिति थियो ।
पोखरा महानगरपालिका, पोखरा महानगरपालिका खेलकुद विकास समिति, पोखरा महानगरपालिका शिक्षा महाशाखा, रेबान पोखरा, नेपाल भलिबल संघ, जिल्ला भलिबल संघ कास्की, जिल्ला खेलकुद विकास समिति कास्की, प्रदेश भलिबल संघ गण्डकी, प्रदेश खेलकुद परिषद् गण्डकी, टाइगर ग्रुप पोखरा, वडा प्रहरी कार्यालय बैदाम प्रतियोगिताका सहयोगी संस्था हुन् । प्रतियोगितामा १२ वटा टिम सहभागी हुने आयोजकको अनुमान छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह