पोखरा । रुसी सेनामा भर्ना भएर युक्रेन विरुद्ध लडेका ६ जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । जसमध्य गण्डकी प्रदेशका मात्र ३ जना युवा रहेका छन् ।
यसअघि हालसम्म चार जना नेपालीको रुसी सेनामा भर्ती भएर मृत्यु भएको सार्वजनिक भएको थियो । तर सोमबार मन्त्रालयले ६ जना नेपालीको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको छ ।
मृत्यु हुनेमा गण्डकी प्रदेश कास्की पोखरा–१३ कमलपोखरीका २६ वर्षीय देवान राई, गोरखा सिरानचोक गाउँपालिका–८ जौबारी लाङ्दीका ३१ वर्षीय सन्दिप थपलिया स्याङ्जाको पुतलीबजार नगरपालिका–५ का प्रितम कार्की रहेका छन् ।
यस्तै, कपिलवस्तु वाणगंगा नगरपालिका–१ का रुपक कार्की, दोलखा मेलुङ गाउँपालिका–६ का राजकुमार रोका र इलाम नगरपालिका–५ इलामका गंगाराज मोक्तानको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
नेपाल सरकारले उक्त शव नेपाल पठाउन औपचारिक रुपमा आग्रह गरेको छ । लामो समयदेखि रुस र युक्रनबीचको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका ६ नेपालीको मृत्यु भएपनि सरकाले शव पठाउन पहिलोपटक औपचारिक रुपमा आग्रह गरेको हो । परराष्ट्रका अनुसार रुसी सेनामा भर्ना भएका विवेक खत्री हाल युक्रेनमा बन्दी अवस्थामा छन् । उनलाई नेपाल फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल भइरहेको परराष्ट्रले जनाएको छ ।
द्धन्द्धग्रस्त देश रुस र युक्रनमा नजान सरकारले पटक–पटक आग्रह गर्दै आइरहेको भएपनि नेपालीहरु पर्यटक भिषामा दुबई र छिमेकी मुलुक भारत भएर रुस र युक्रेनमा सेनामा भर्ना हुने क्रम रोकिएको छैन ।
परराष्ट्र मन्त्रालयले रुसलाई नेपाली नागरिकलाई सेनामा भर्ना नलिन आग्रह समेत गरेको छ । नेपाली नागरिकलाई सेनामा भर्ना नलिन र भर्ना भएका भए त्यस्तो नागरिकलाई नेपाल फिर्ता पठाउन रुस सरकारसँग सरकारले आग्रह गरेको छ । साथै, कसैको प्रलोभनमा परी वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकहरुको सेनामा भर्ना नहुन परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।
सम्बन्धित खबर
इरान-अमेरिका युद्धले विश्वभर मन्दीको संकट
सरकारको विरोध गरेपछि २१ वर्षीय युवकलाई फाँसी
मालीमा विभिन्न ठाउँमा एकसाथ आक्रमण, रक्षामन्त्री कमारा मारिए
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
भारतीय संगीतकी सुप्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
बलिउडकी दिग्गज गायिका आशा भोसलेलाई हृदयघात, ९२ वर्षीया भोसलेको आईसीयूमा उपचार गरिँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु