पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० को दोश्रो सर्किट अन्तर्गत सिंगलतर्फ पहिलो चरणको खेल जारी छ । डबल्सतर्फको खेल क्वाटरफाइनल चरणमा पुगेको छ ।
बुधबार ब्वाइज सिंगलतर्पm भएका खेलहरुमा जापानका रुया सासामोतोले भारतका कबिर चोथानीलाई ६–३, ६–० ले, नेपालका सक्षम विक्रम शाहले भारतका अधिराज ठाकुरलाई ६–२, ६–२ ले, भातरका जासोड डेभिडले भारतकै प्रनिल सर्मालाई ६–१, ६–१ ले, जापानका इप्पी मात्सुसिमाले भारतका सौरिस मोदीलाई ६–१, ७–६ ले पराजित गरे । ब्वाइज डबल्सतर्फ नेपालका आयुषमान हजुर घले र भारतका एस पञ्चासरीले भारतका हायाग्रिव अथ्रिया र इशान्त पटराको जोडीलाई ६–२, ६–३ ले, भारतका दक्ष कुक्रेटी र अर्नव यादवको जोडीले नेपालका आर्यन गिरी र निहाल जंगबहादुर थापाको जोडीलाई ६–४, ६–२ ले पराजित गरे ।
गल्स सिंगलतर्फ जापानकी उता असाकुराले भारतका दिविजा मण्डेनीलाई ७–५, ६–० ले, भारतका इशि महेश्वरीले भारतकै सेरी समालाई ६–४, २–६ र ६–२ ले, नेपालका सुनिरा थापाले भारतका सगुन कुमारी सगुनलाई ७–५, ५–७ र ७–६ ले, भारतकी रिदी सिण्डेले भारतकै एन्जल पटेललाई ३–६, ७–६ र ६–३ ले, थाइल्याडकी पिच छायापक श्रीमुकले भारतका राधा सध्रालाई ७–६, ६–४ ले पराजित गरिन् । गल्स डबल्सतर्फ भारतका सिम्रन बण्डेला र अन्वि पुनागाण्टीको जोडीले नेपालका प्रशंसा मोक्तान र थाइल्याण्डकी पिच छायापक श्रीमुकलाई पराजित गर्दै अगाडी बढेका छन् ।
सम्बन्धित खबर
टाइगर कपको उपाधि गण्डकी प्रदेशलाई, पुलिस विरूद्ध बदला
आर्मीलाई हराउँदै पर्वत भलिबल टाइगर कपमा तेस्रो
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड प्रतियोगिताको उपाधि गल्याङलाई
प्रतिभा सुपर लिग क्रिकेट माघ १८ देखि २५ गतेसम्म हुने
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: गल्याङ र वालिङ फाइनलमा
प्रथम खुमा अर्याल कप टी–२० क्रिकेट लिग रनिङ शिल्ड: सेमिफाइनल समीकरण पूरा, अन्तिम चार टिम तय
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो