गोरखामा ब्ल्याङ्केटमा बेरेर नालामा फालिएको अवस्थामा युवतीको शव फेला

गोरखामा ब्ल्याङ्केटमा बेरेर नालामा फालिएको अवस्थामा युवतीको शव फेला

death body

गोरखा । गोरखाको पालुङटार नगरपालिका–७ सिमलटारीस्थित सल्यान चौतारामा एक युवतीको शव फेला परेको छ ।

ब्ल्याङ्केटभित्र बेरेर सडकको नालामा फालिएको अवस्थामा बिहीबार दिउँसो शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

शव देखेपछि गाउँलेले प्रहरीलाई खबर गरेको थियो । अन्दाजी २५ बर्षीया युवतीको अनुहारमा केही चोटपटक समेत देखिएकाले शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको थप अनुसन्धानका लागि पोखराबाट तालिमप्राप्त कुकुरसहितको टोली मगाइएको छ । शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ