अवैध हिरासहित एक जना भारतीय नागरिक पक्राउ

अवैध हिरासहित एक जना भारतीय नागरिक पक्राउ

Arrest

काठमाडौं। अवैध हिरासहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

भारत पश्चिम बंगाल घर भइ हाल काठमाण्डौ सुन्धारा बस्दै आएका ४४ वर्षीय संजय मैतीलाई अवैध हिरासहित गएराति प्रहरीले पक्राउ गरेको हो ।

वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ५४७७ नम्बरको सुमोलाई दक्षिणकाली नगरपालिका-५ फर्पिङ चेकपोष्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा भन्सार छली ल्याएको करिब ३ लाख २७ हजार ३ सय ३९ रूपैयाँ बराबरको अवैध हिरासहित मैतीलाई पक्राउ गरेको हो।

बरामद भएको उक्त हिरा सुनचाँदी व्यवसायी संघबाट परीक्षण गर्दा हिरा भएको पुष्टी भइसकेको छ। भने, पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ