लिबियामा पानीजहाज दुर्घटना हुँदा ६१ जना बेपत्ता

लिबियामा पानीजहाज दुर्घटना हुँदा ६१ जना बेपत्ता

ship-पानीजहाज

लिबिया । लिबियाको तटमा पानीजहाज दुर्घटना हुँदा ६१ जना डुबेर हराएका छन् ।

शनिबार ८६ जना आप्रवासी बोकेर लिबियाको तटीय सहर जुवाराबाट छुटेको जहाज समुद्रमा डुबेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

समाचार अनुसार समुद्रको उच्च छालले डुंगा पल्टिँदा बालबालिकासहित ६१ जना बेपत्ता भएका हुन् । उनको मृत्यु भएको अनुमान गरिएको छ । बाँकी २५ जनालाई लिबियाको हिरासत केन्द्रमा पठाइएको जनाएको छ । त्यहाँ उनीहरुको स्वास्थ्य उपचार भइरहेको छ ।

लिबिया अफ्रिकाबाट भूमध्यसागर पार गर्न खोज्ने आप्रवासीहरूको मुख्य केन्द्र हो। यो बाटोबाट युरोप जाने क्रममा २ हजार २ सय जनाभन्दा धेरै मानिसले डुबेर ज्यान गुमाइसकेका छन् ।

आईओएमका अनुसार यो वर्ष ट्युनिसिया र लिबियाबाट १ लाख ५३ हजारभन्दा बढी आप्रवासी इटाली पुगेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds