चीनमा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, २२० भन्दा बढी घाइते

चीनमा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, २२० भन्दा बढी घाइते

Earthquake

काठमाडौँ । चीनमा गएराति आएको भूकम्पमा परी कम्तिमा १ सय ११ जनाको मृत्यु भएको छ । २ सय २० भन्दा बढी घाइते भएका छन् ।

सोमबार राति उत्तरी चीनको गान्सु प्रान्तमा करिव १० किलोमिटर गहिराइ भएर ५ दशमलब ९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे युएसजीएसले जनाएको छ ।

भूकम्पमा परी गान्सु प्रान्तमा एक सय र छिमेकी जिङगाइमा ११ जनाको मृत्यु भएको चीनिया सञ्चारमाध्यमले जनाएका छन् । दुबै प्रान्तमा ठूलो मात्रामा भौतिक क्षति समेत भएको छ ।

यसैबीच, चिनियाँ राष्ट्रपति सी चीनफिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरूको उद्धार, राहत र घाइतेहरूको उपचारमा सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds