बारामा बस र ट्रक ठोक्किँदा तनहुँका पूर्णसहित ३ जनाको मृत्यु, २७ जना घाइते

बारामा बस र ट्रक ठोक्किँदा तनहुँका पूर्णसहित ३ जनाको मृत्यु, २७ जना घाइते

mrita fela

पोखरा । बारामा बस र ट्रक एक–आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । घटनामा २७ जना घाइने भएका छन् ।

आज बिहान पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जितपुर–सिमरा उपमहानगरपालिका– २२ स्थित तीन नम्बर पुल नजिक बस र ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ गुडेको ना ७ ख ७३०० नम्बरको ट्रक एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा तनहुँ घर भएका ट्रकका चालक २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस चालक ४० वर्षीय हरि शमशेर सुयल थापा र सनाखत हुन नसकेका अर्का एक पुरुषको मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

उनीहरूको हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये ७ जनालाई उपचारका लागि हेटौँडा तथा चितवन मेडिकल कलेज लगिएको र अन्य सामान्य घाइते २० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds