पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३ नारायण स्थान स्थित मैत्री संघ भवनमा स्थापित २४ इन्चको भूमी स्पर्स धातुको बुद्धको मूर्तिको श्रदेय भिक्षु संघको सानिध्यमा एक समारोहका बिच प्रतिष्ठा पूजा सम्पन्न भएको छ ।
दिंवगत श्रीमती चन्द्रवती उदासको स्मृतिमा श्रीमान राधेश्यामद उदास तथा छोरा बुहारी गौतम उदास, शान्ती श्रेष्ठ उदास, एवमं उदास परिवारले भगवान बुद्धको मूर्ति सौजन्य प्रदान गरेका हुन् ।
मैत्री संघका अध्यक्ष राधेश्याम उदासको अध्यक्षतामा भएको प्रतिष्ठा पूजा कार्यक्रममा परियतीउदय विहारका प्रमुख, विमल धम्म मैत्री संघका अध्यक्ष राधेश्याम उदास र पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाशमान उदासले संयुक्त रुपमा दिप प्रज्वलन गरि शुरुवात गरेका हुन् ।
कार्यक्रममा धर्मशिला बुद्ध विहार दायकसभाका अध्यक्ष श्याम शाक्य, बुद्ध जयन्ती समारोह समितिका अध्यक्ष क्याप्टेन चन्द्रप्रसाद गुरुङ, श्री लक्ष्मी नारायण मन्दिरका अध्यक्ष महेश पराजुली, धर्मोदय सभाका अध्यक्ष चन्द्र लक्ष्मी गुभाजु, राधाकृष्ण मन्दिरका अध्यक्ष बन्धुराज पराजुली, पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाशमान उदास लगायतले बोलेका थिए ।
वि.सं. १९६० को दशकतिर स्व. रत्नमान खरदारले जिर्णोद्धार गरेको चैत्य वि.स.२०५२ सालमा पुर्ननिर्माण भएको थियो । साथै चैत्यको संरक्षण, संर्वद्धन र भगवान बुद्धको व्यवहारिक शिक्षालाई प्रचार प्रसार गर्न २०५३ सालमा मैत्री संघको स्थापना भएको थियो । मैत्री संघले निःशुल्क बाल शिक्षा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो