पोखरा । नेपाल फिजिकल ट्रेनिङ एसोसियसनको केन्द्रीय अध्यक्षमा गोपाल राई निर्वाचित भएका छन । पोखरामा सम्पन्न नेपाल फिजिकल ट्रेनिङ एसोसियसन केन्द्रीय समितिको पाँचौ महाधिवेशनबाट गोपाल राई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन भएका हुन् ।
१३ सदस्यीय कार्यसमिति रहेको एसोसियसनको उपाध्यक्षमा टेक बहादुर गुरुङ, सु.मे. शेरबहादुर गुरुङ र अनिल राई निर्वाचित भएका छन् । त्यसैगरी महा सचिवमा हिमालय बिक्रम लिम्बु, कोषाध्यक्षमा केहरसिंह गुरुङ र सचिवमा बिमानसिं तामाङ निर्वाचित भएका छन ।
एसोसियसनको सदस्यहरुमा रिजन तामाङ, दयाराम राई, युवराज गुरुङ, गज बहादुर गुरुङ, निर्भिक सुनुवार र हरि थापा निर्वाचि भएका छन् ।
नव निर्वाचित कार्यसमितिलाई निर्वाचन मञ्डलका अध्यक्ष एमबि आस्था मगरले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए । सो अवसरमा बोल्दै आस्था मगरले नेपाल फिजिकल ट्रेनिङ एशोसियसनको पाँचौ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले संस्थाको हितमा काम गर्नुपर्नेमा जोड दिए ।
नव निर्वाचित अध्यक्ष गोपाल राईले नेपाल फिजिकल ट्रेनिङ एसोसियसनको अधिवेशनबाट आफुलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाएकोमा एसोसियसनमा आवद्ध सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्दै आफ्नो कार्यकालमा संस्थाले सामाजिक कामलाई निरन्तरता दिदै संस्थाको हितमा काम गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे ।
नवनिर्वाचि कार्यसमितिलाई निवर्तमान एसोसियसनका निवर्तमान अध्यक्ष मिन बहादुर गुरुङ, संस्थाको संरक्षकहरु पर्वत राई, क्या. राम प्रसाद गुरुङ, याम बहादुर गुरुङ लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह