वनभोजका लागि दाङ जाँदै गरेको बस दुर्घटना : २० जना घाइते

वनभोजका लागि दाङ जाँदै गरेको बस दुर्घटना : २० जना घाइते

Bus Accident GandakNews

दाङ । बर्दियाबाट वनभोजका लागि दाङ पुगेको बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

राप्ती राजमार्ग अन्तर्गत सितलपुर–अमेलिया सडक खण्डको भञ्जाङमा भे १ ख २०४१ नम्बरको बस आज बिहान ७ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा २० जना यात्रु घाइते भएको र उनीहरूको उद्धार भइसकेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य छ ।

उनीहरु बर्दियाबाट बस रिजर्ब गरेर दाङको दंगीशरण गाउँपालिका–३ मा रहेको थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि गएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ