पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको उम्मेदवारी रद्द

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको उम्मेदवारी रद्द

imran-khan

पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रमुख इमरान खानको उम्मेदवारी रद्द गरेको छ ।

आयोगले पाकिस्तानमा आउँदो फेब्रुअरी ८ तारिखमा हुन लागेको संसदीय चुनावमा उम्मेदवार बन्न खान अयोग्य रहेको उल्लेख गर्दै उम्मेदवारी खारेज गरेको हो । खानसँगै पीटीआईका अन्य उम्मेदवारहरुको पनि उम्मेदवारी अस्वीकृत भएको छ ।

यसअघि गएको अगस्ट ५ तारिखमा इमरान खानलाई तोशाखाना मुद्दामा दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको थियो । निर्वाचन आयोगले उनलाई पाँच वर्षका लागि अयोग्य ठहर गरेको छ ।

अधिकारीहरूका अनुसार इमरान खानले चुनाव लड्न दुईवटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds