जापानमा शक्तिशाली भूकम्प, ठूलो सुनामीको चेतावनी

जापानमा शक्तिशाली भूकम्प, ठूलो सुनामीको चेतावनी

_earthaque-bhukampa

पोखरा । जापानमा शक्तिशाली भूकम्प गएको छ ।

सोमबार मध्य जापानको नोतो क्षेत्रमा १० किलोमिटर गहिराइ केन्द्रविन्दु बनाएर ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको जापानी प्रसारक एनएचकेले जनाएको छ ।

भूकम्प गएसँगै जापानको तटमा १ मिटरसम्म छाल आएको छ भने अझ शक्तिशाली सुनामीको चेतावनीसमेत जारी गरिएको छ । जापानको मौसम विभागले इसिकावा, निगाता र तोयामा प्रिफेक्चरमा सुनामीको चेतावनी जारी गरेको छ ।

भूकम्पका कारण इशिकावा क्षेत्रमा तीव्र गतिका रेल सेवा अवरुद्ध भएका छन् भने सञ्चार सम्बन्ध पनि विच्छेद भएको छ ।

भूकम्पले पु¥याएको क्षतिको विवरण संकलनको काम भइरहेको जापानी प्रधानमन्त्री फुमियो किशिदाले जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds