जापानमा भूकम्पमा परी २० जनाको मृत्यु

जापानमा भूकम्पमा परी २० जनाको मृत्यु

japan-earthquake

पोखरा । जापानमा गएको शक्तिशाली भूकम्पमा परी २० जनाको मृत्यु भएको छ ।

सोमबार दिउँसो जापानको मध्य भागमा अवस्थित इशिकावा केन्द्रविन्दु भएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट इशिकावा, निगता, फुकुइ, तोयामा र गिफु क्षेत्र प्रभावित भएका छन् ।

भूकम्पपछि जापानमा १ सय ५५ वटा परकम्प गएका छन् ।

भूकम्पपछि जापानको मौसम विभागले सुनामी आउने चेतावनीसहित सूचना जारी गरेको थियो ।

अहिले भूकम्प प्रभावित क्षेत्रहरुमा खोज तथा उद्धारको काम जारी रहेको जापानको सरकारी सञ्चार माध्यम एनएचकेले जनाएको छ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds