जापान एयरलाइन्सको विमान अर्को विमानसँग ठोक्किदा भीषण आगलागी, पाँच जनाको मृत्यु

जापान एयरलाइन्सको विमान अर्को विमानसँग ठोक्किदा भीषण आगलागी, पाँच जनाको मृत्यु

Japan-Plane-Crashed

पोखरा । जापान एयरलाइन्सको एक विमान अवतरणका क्रममा रनवेमा अर्को एक तटरक्षक विमान (कोस्ट गार्ड)सँग ठोक्किदा भीषण आगलागी भएको छ ।

सो घटनामा कोस्टगार्ड विमानमा रहेका पाँच जनाको मृत्यु भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ । अन्य ३७९ जना यात्रु र चालक दलका सदस्यहरुलाई भने सकुशल उद्धार गरिएको थियो ।

जापानको राजधानी टोकियोमा रहेको हनेदा विमानस्थलमा मंगलबार साँझ विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठक्कर खाँदा आगलागी भएको थियो ।

उक्त दुर्घटनापछि त्यहाँबाट हुने सबै उडानहरु रद्ध भएका छन् । उडान रद्द हुँदा समस्यामा परेका यात्रुहरुका लागि सरकारले थप बुलेट ट्रेनको व्यवस्था गरेको छ ।

यो घटनापछि मंगलबारका लागि पूर्वनिर्धारित उडानहरु स्थगित भएको जनाएको छ । हानेदा एयरपोर्टबाट हुने करिब एक सय उडानहरु स्थगित गरी बुधबारका लागि सारिएको छ । यसबाट करिब १० हजार यात्रुहरु प्रभावित भएका छन् ।

यसैगरी जापान एयरलाइन्सले पनि आफ्ना ४४ उडानहरु स्थगित गरेको एनएचकेले जनाएको छ ।

उडान स्थगित हुँदा प्रभावित भएका यात्रुहरुको सुविधाका लागि सेन्ट्रल जापान रेलवे कम्पनीले बुधबारका लागि थप बुलेट ट्रेनको व्यवस्था गरेको छ । कम्पनीले टोक्योदेखि शिन–ओसाकासम्मका लागि थप चार वटा बुलेट ट्रेन सञ्चालन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds