पोखरा । जापान एयरलाइन्सको एक विमान अवतरणका क्रममा रनवेमा अर्को एक तटरक्षक विमान (कोस्ट गार्ड)सँग ठोक्किदा भीषण आगलागी भएको छ ।
सो घटनामा कोस्टगार्ड विमानमा रहेका पाँच जनाको मृत्यु भएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ । अन्य ३७९ जना यात्रु र चालक दलका सदस्यहरुलाई भने सकुशल उद्धार गरिएको थियो ।
जापानको राजधानी टोकियोमा रहेको हनेदा विमानस्थलमा मंगलबार साँझ विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठक्कर खाँदा आगलागी भएको थियो ।
उक्त दुर्घटनापछि त्यहाँबाट हुने सबै उडानहरु रद्ध भएका छन् । उडान रद्द हुँदा समस्यामा परेका यात्रुहरुका लागि सरकारले थप बुलेट ट्रेनको व्यवस्था गरेको छ ।
यो घटनापछि मंगलबारका लागि पूर्वनिर्धारित उडानहरु स्थगित भएको जनाएको छ । हानेदा एयरपोर्टबाट हुने करिब एक सय उडानहरु स्थगित गरी बुधबारका लागि सारिएको छ । यसबाट करिब १० हजार यात्रुहरु प्रभावित भएका छन् ।
यसैगरी जापान एयरलाइन्सले पनि आफ्ना ४४ उडानहरु स्थगित गरेको एनएचकेले जनाएको छ ।
उडान स्थगित हुँदा प्रभावित भएका यात्रुहरुको सुविधाका लागि सेन्ट्रल जापान रेलवे कम्पनीले बुधबारका लागि थप बुलेट ट्रेनको व्यवस्था गरेको छ । कम्पनीले टोक्योदेखि शिन–ओसाकासम्मका लागि थप चार वटा बुलेट ट्रेन सञ्चालन गरेको छ ।
सम्बन्धित खबर
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
के बालेन, रवि, सुदन, सागरलगायत रास्वपाका नेताको उदयमा अमेरिकाको हात छ?
बाढीपीडितका लागि साउदी अरबबाट थापाको पहलमा सहयोग संकलन
बाढीपछि चीनतर्फ युद्धस्तरको उद्धार अभियान
अमेरिकाले नेपालीलाई दिँदै आएको टिपिएस सुविधा खारेज
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन