दक्षिण कोरियामा कुकुरको मासुमा प्रतिबन्ध लगाउने

दक्षिण कोरियामा कुकुरको मासुमा प्रतिबन्ध लगाउने

dog

पोखरा । दक्षिण कोरियाले कुकुरको मासु उपभोगमा प्रतिबन्ध लगाउने भएको छ । दक्षिण कोरियाली संसद्ले मंगलबार कुकुरको मासु उपभोग र बिक्रीमा प्रतिबन्ध लगाउने कानुन पारित गरेको हो ।

राष्ट्रव्यापी बहसपछि कोरियामा वर्षौंदेखि अभ्यासमा रहेको कुकुरको मासु खाने चलनमा प्रतिबन्ध लगाइन थालिएको हो । मंगलबार पास भएको नयाँ कानुनको लक्ष्य सन् २०२७ सम्म कुकुरलाई निर्मम तरिकाले काटेर उसको मासु बिक्रीमा प्रतिबन्ध लगाउने रहेको छ ।

नयाँ कानुनअनुसार अब कुकुरको मासु वितरण वा बेचबिखनजस्तै उपभोगको लागि कुकुर पाल्न वा काट्न पाइने छैन । कानुन उल्लंघन गर्नेलाई कारबाही गरिने पनि कानूनी व्यवस्था छ ।

कुकुर मार्नेलाई ३ वर्षसम्म जेल सजाय हुन सक्नेछ । त्यस्तै मासुका लागि कुकुर पाल्ने वा बेच्नेलाई २ वर्षसम्म जेल सजाय हुने कानुनमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds