भारतका चर्चित गायक तथा संगीतकार राशिद खानको निधन

भारतका चर्चित गायक तथा संगीतकार राशिद खानको निधन

rashid

पोखरा । भारतका गायक तथा सङ्गीतकार उस्ताद राशिद खानको निधन भएको छ ।

प्रोस्टेट क्यान्सरको उपचार गराइरहेका उनको हिजो कोलकाताको एक अस्पतालमा ५५ वर्षको उमेरमा निधन भएको हो ।

उनी भारतीय शास्त्रीय सङ्गीतका चर्चित कलाकार हुन् । पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले उनको निधनमा शोक व्यक्त गरेकी छन् ।

उस्ताद राशिद खानको जन्म उत्तर प्रदेशको बदायूंमा भएको थियो । उनले सानै उमेरदेखि शास्त्रीय सङ्गीत सिकेका थिए ।

खानका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds