भारतको उत्तर प्रदेशमा पाँच जना बालबालिकाको निसास्सिएर मृत्यु

भारतको उत्तर प्रदेशमा पाँच जना बालबालिकाको निसास्सिएर मृत्यु

death body

पोखरा । भारतको उत्तर प्रदेशमा पाँच जना बालबालिकाको निसास्सिएर मृत्यु भएको छ ।

उत्तर प्रदेशको अमरोहा जिल्लाको एउटा गाउँमा एउटै कोठामा सुतेका सात जनामध्ये पाँच जनाको निसास्सिएर मृत्यु भएको र दुई जनाको उपचार भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

उत्तर प्रदेशमा चिसो बढेकाले उनीहरुले कोठा न्यानो बनाउन कोठामै कोइला बालेर खाना पकाएका र त्यही कोठामा सात जना सुतेका थिए ।

कोठामा अक्सिजनको अभाव हुँदा निसास्सिएर बालबालिकाको मृत्यु भएको प्रारम्भिक अनुमान रहेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds