हेमजा । दोस्रो माछापच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०, गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापच्छ्रेको आयोजना साथै ३ न. वडा कार्यालय घाचोकको व्यवस्थापन र भलिबल सघ माछापच्छ्रेको समन्वयमा माछापच्छ्रे –३, घाचोक मेधराज मा.विको प्राङ्गणमा पौष २६ गते देखि २८ गते सम्म भलिबल प्रतियोगिता संचालन हुने छ ।
नेपालको राष्ट्रिय खेल प्रवद्र्धन गर्दै युवाहरुलाई खेलप्रति आकर्षित गर्न र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मिन.व गुरुङले बताए ।
खेलकुदलाई प्राथमिकतामा राखेर गाउँपालिकाले ९ लाख विनियोजन गरेको उपाध्यक्ष सिता अधिकारीले उल्लेख गरे । गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाका विभिन्न पालिकाहरुबाट १५ समुहले टिम दर्ता गरेको माछापच्छ्रे भलिबल सघंका अध्यक्ष राम पुनले बताए । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहने थप उल्लेख गरे । साथै खेल ए र वि गरि २ वटा कोर्टमा खेलाइने छ । बिहीबारको पहिलो खेल विहान ८ः०० बजे माछापच्छ्रे गा.पा रातो र रुपा गा.पा कास्की विच हने खेल उप–संयोजक जापान गुरुङले बताए ।
विहिवार प्रतियोगिताको उद्धघाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय मन्त्री, माननीय श्री सुशिला सिंखडाले गर्ने कार्यक्रम तय भएको माछापच्छ्रे खेलकुद विकास समिति सचिव होम प्रसाद गुरुङले बताए ।
प्रथम हुने टिमले नगद ३ लाख र दोस्रो हुने टिमले नगद रु २ लाख साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडा न.३ का अध्यक्ष हरिसचन्द्र लम्सालले जानकारी दिए ।
त्यस्तै सेमिफाइनल प्रबेश गरेका २ टिम लाई जनही रु ५०÷५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार साथै विभिन्न विधागत तर्पm स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही रु ५ हजारका दरले पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सञ्चालनका लागि १२ लाख ८३ हजार लाग्ने आयोजकको अनुमान छ ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’