हेमजा । दोस्रो माछापच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०, गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
“स्वास्थ्यको लागि खेलकुद,राष्ट्रको लागि खेलकुद” भन्ने मुल नाराका साथ माछापच्छ्रे गाउँपालिकाको आर्थिक सहयोगमा खेलकुद विकास समिति माछापच्छ्रेको आयोजना साथै ३ न. वडा कार्यालय घाचोकको व्यवस्थापन र भलिबल सघ माछापच्छ्रेको समन्वयमा माछापच्छ्रे –३, घाचोक मेधराज मा.विको प्राङ्गणमा पौष २६ गते देखि २८ गते सम्म भलिबल प्रतियोगिता संचालन हुने छ ।
नेपालको राष्ट्रिय खेल प्रवद्र्धन गर्दै युवाहरुलाई खेलप्रति आकर्षित गर्न र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मिन.व गुरुङले बताए ।
खेलकुदलाई प्राथमिकतामा राखेर गाउँपालिकाले ९ लाख विनियोजन गरेको उपाध्यक्ष सिता अधिकारीले उल्लेख गरे । गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटा जिल्लाका विभिन्न पालिकाहरुबाट १५ समुहले टिम दर्ता गरेको माछापच्छ्रे भलिबल सघंका अध्यक्ष राम पुनले बताए । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता रहने थप उल्लेख गरे । साथै खेल ए र वि गरि २ वटा कोर्टमा खेलाइने छ । बिहीबारको पहिलो खेल विहान ८ः०० बजे माछापच्छ्रे गा.पा रातो र रुपा गा.पा कास्की विच हने खेल उप–संयोजक जापान गुरुङले बताए ।
विहिवार प्रतियोगिताको उद्धघाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय मन्त्री, माननीय श्री सुशिला सिंखडाले गर्ने कार्यक्रम तय भएको माछापच्छ्रे खेलकुद विकास समिति सचिव होम प्रसाद गुरुङले बताए ।
प्रथम हुने टिमले नगद ३ लाख र दोस्रो हुने टिमले नगद रु २ लाख साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडा न.३ का अध्यक्ष हरिसचन्द्र लम्सालले जानकारी दिए ।
त्यस्तै सेमिफाइनल प्रबेश गरेका २ टिम लाई जनही रु ५०÷५० हजार रुपैयाँका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ७ हजार साथै विभिन्न विधागत तर्पm स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई जनही रु ५ हजारका दरले पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सञ्चालनका लागि १२ लाख ८३ हजार लाग्ने आयोजकको अनुमान छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह