कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडाध्यक्ष मृत भेटिए

कञ्चनपुरको भीमदत्त नगरपालिकाका वडाध्यक्ष मृत भेटिए

mahendra-khadka

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज बिहान भीमदत्त–६ ऐठपुरस्थित सडकमा म१प ४८५२ नम्बरको मोटरसाइकलसहित खड्का मृत भेटिएका हुन् ।

वडाध्यक्ष खड्काको मोटरसाइकल दुर्घटनामा परी गए राति मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

स्थानीयले दुर्घटनाग्रस्त अवस्थामा देखेपछि बिहान प्रहरीलाई खबर गरेका थिए ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds