रुसी सेनामा भर्ती भएका प्युठानका सोनुको मृत्यु

रुसी सेनामा भर्ती भएका प्युठानका सोनुको मृत्यु

Sonu-Sunar

पोखरा । रुसी सेनामा भर्ती भएका प्युठानका एक युवकको मृत्यु भएको छ ।

प्युठान नगरपालिका –४ काठेवर निवासी सोनु सुनारको युक्रेन रुस युद्धमा मृत्यु भएको खबर आएको उनका छिमेकी खगेश्वर थापाले जानकारी दिए ।

सोनुसँगै रहेका र अहिले घाइते भएका एक जना नेपालीले उनको मृत्युको खबर दिएको थापाले बताए । थापाले यसबारेमा परराष्ट्र मन्त्रालयमा जानकारी गराएको बताए ।

दुई वर्षदेखि कतारमा कार्यरत सोनु केही महिनाअघि त्यहीँबाट रुसी सेनामा भर्ती भएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds