पोखरा । हाइकर्स क्लब नेपालको ४२ औं हाइकिङ सम्पन्न भएको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने मुल नाराका साथ पोखराबाट संचालित हाइकिङ हरेक महिनाको अन्तिम शनिबार हुन्छ ।
शनिबार आयोजित हाइकिङ पोखरा ७ न्वारथोक बुलौदीबाट सरु भयो । हाइकर्स टिलीलाई संबोधन गर्दै पोखरा महानगरपालिका वडा नं.७ का वडा अध्यक्ष राममोहन आचार्यले आफू पनि दैनिक हिँड्ने गरेको बताउदै हिँडाइका साथसाथै पर्यटन उजागर गर्दै आएको हाइकर्स क्लब नेपालको अभियानमा आफु पनि सँगै रहने प्रतिबद्घता जनाए । उनले जो हिँड्छ उ नै तन्दरुस्त र सक्रिय हुने बताए ।
पहिलो पटक क्लबको हाइकिङमा जोडिनु भएका गोमा फाउन्डेशन नेपालकी अध्यक्ष गोमा पराजुलीले हिँडेर आफ्नो विविध शारिरिक समस्या निवारण गरेको अनुभव सुनाउदै हाइकिङमा जोडिएर हिड्ने साथी पाएकोमा खुसी व्यक्त गरे । अबका सबै हाइकिङमा आफु पनि सामेल हुने उनले बताए ।
युवा व्यवसायी सुमन थापाले क्लबमा जोडिएर हिँड्दा आफुलाई बेग्लै आनन्द लागेको बताए । पर्यटन व्यवसायी घनश्याम अधिकारीले एक आपसको सम्बन्ध बढाउन र पर्यटन पर्वद्घनमा हाइकिङको ठूलो महत्व हुने बताए । हाइकर्स क्लब नेपालको हाइकिङले गाउँ ठाउँको पर्यटन पर्वद्घन भएको बताउदै अभियान निरन्तर अगाडी बढाउन आग्रह गरे । नेपाल प्रहरीबाट सेवा निवृत ७७ वर्षिय यम बहादुर रानाभाटले हाइकिङमा युवा उमेर समुह सँगै हिँड्दा आफु सँग पनि सोही उमेरकै जोस र सक्रियता भएको महसुसले उर्जा थप्ने गरेको बताए ।
हाइकर्स क्लब सँग निरन्तर हाइकिङ गर्दै आउनु भएका सामाजिक व्यक्तित्व जुना गुरुङले हाइकिङ महिनाको २ पटक गर्न आग्रह गरिन् । नेपाली सेनामा कार्यरत ई श्याम प्रसाद दंगालले कार्यव्यस्ततामा रहदाको स्ट्रेसबाट मुक्त हुन आफु हाइकिङमा सहभागी हुदै आएको बताए । क्लबका सचिब मधु अधिकारीले हाइकर्स क्लब हिँड्नेहरुको समुह भएकाले जो कोही निर्वाध जोडिन सक्ने र हाइकिङमा सहभागी हुन सक्ने बताए । क्लबका अध्यक्ष कृष्ण रानाभाटले हाइकिङ मार्फत व्यक्तिको स्वास्थ्य सँगै युवाहरु लाई जागरुक र पर्यटनलाई विस्तार गर्न मदत पुगेको बताए । हाइकिङमा विधार्थी, गृहिणी महिला, विभिन्न पेशा व्यवसायमा आवद्घ युवा, सेवा र्निवृत आर्मी सहित २९ जना सहभागी थिए ।
पोखरा ७ न्वारथोकबाट सुरु भएको हाइकिङ पोखरा १८ को मेथ्लाङ डाडाँबाट देखिने फेवाताल, पोखरा शहर, मनोरम हिमश्रृखला, रक गार्डेन सहित ग्रामिण वस्ती र विकासको अवलोकन गर्दै पोखरा ६ वङ्लादी फेवा फुट ट्रयाकमा आएर सम्पन्न भएको थियो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी