जापानको एयरपोर्टमा फेरि ठोक्किए दुई जहाज

जापानको एयरपोर्टमा फेरि ठोक्किए दुई जहाज

korean-air

पोखरा । जापानको विमानस्थलमा फेरि दुई वटा विमान ठोक्किएका छन् ।

जापानको सरकारी सञ्चारमाध्यम एनएचकेका अनुसार होक्काइडोको न्यू चितोस एयरपोर्टमा स्थानीय समयअनुसार साढे ५ बजे दक्षिण कोरियाको कोरियन एयर र हङकङको क्याथे प्यासिफिक विमान ठोक्किएका हुन् ।

दुर्घटनामा कुनै हातहती नभएको बताइएको छ।

कोरियन विमानमा २८९ यात्री सवार थिए । प्यासेफिक एयरको विमानमा भने यात्रुहरु थिएनन् । यो दुर्घटनापछि न्यु चितोस एयरपोर्टमा विमानहरुको उडान रद्द भएका थिए ।

यसअघि २ जनवरीमा टोक्योको हानेदा विमानस्थलको रनवेमा दुई वटा विमान ठोक्किएर आगलागी हुँदा ५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds