अमेरिकामा पहिलो पटक दोषीलाई नाइट्रोजन दिएर मृत्युदण्ड

अमेरिकामा पहिलो पटक दोषीलाई नाइट्रोजन दिएर मृत्युदण्ड

nitrogen

अमेरिकामा पहिलो पटक नाइट्रोजन ग्यास प्रयोग गरी दोषीलाई मृत्युदण्ड दिइएको छ ।

त्यहाँको अलाबामामा हत्या अभियोगमा दोषी ठहर भएका केनेथ युजीन स्मिथलाई यस्तो सजाय दिइएको हो । मृत्युदण्डका लागि यो विधि अपनाएको अमेरिकामा यो नै पहिलो पटक हो ।

५८ वर्षीय स्मिथले यस सजायविरुद्ध सर्वोच्च अदालतमा दुईवटा अपिल गरेका थिए । उनले सङ्घीय अदालतमा पनि अपिल गरेका थिए । यो मृत्युदण्डको क्रूर र असामान्य भएको उनको तर्क थियो । स्मिथको अनुहारमा हावा नछिर्ने मास्क बाँधेर नाइट्रोजन सास फेर्न बाध्य पारिएको थियो । शरीरलाई निष्क्रिय बनाउने नाइट्रोजन ग्यास हो । यो ग्यास शरीर भित्र जाने बित्तिकै भित्रको अक्सिजन नष्ट हुन्छ ।

केनेथ सन् १९९८ को हत्याको मुद्दामा दोषी ठहर भएका थिए । उनले एक धार्मिक प्रचारककी पत्नी एलिजाबेथ सेनेटको हत्या गरेका थिए । उनले पैसा लिएर यो हत्या गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds