लण्डनमा एक नेपाली युवा मृत फेला

लण्डनमा एक नेपाली युवा मृत फेला

death body

पोखरा । लन्डनमा एक नेपाली युवा मृत अवस्थामा भेटिएका छन्। २५ वर्षीय सन्दीप तामाङको शव जनवरी २० मा भेटिएको हो। मृतक तामाङको शव बुझ्न प्रहरीले आफन्तको खोजी गरिरहेको जनाएको छ।

बुधबार लन्डन हेज क्षेत्रको प्रहरीले लन्डनस्थित नेपाली दूतावासलाई इमेलमार्फत तामाङको शव भेटिएको जानकारी गराएको र उनको पहिचानका लागि सघाउन आग्रह गरेको जानकारी दिएको नेपाली दूतावासले जनाएको छ।

२५ वर्षका सन्दीप तामाङको जनवरी २० मा शव फेला परेको भन्नेबाहेक अरु जानकारी प्राप्त नभएको दुतवासले जनाएको छ।

आफूहरुले नाम र उमेर बाहेक अरु कुनै जानकारी नपाएको र प्रहरीसँग पासपोर्ट भए उपलब्ध गराउन भनेको दूतावासले जनाएको छ। उनको मृत्युको कारणबारे पनि केही खुलेको छैन। तर लन्डन हेज प्रहरीले खबर गरेका कारण सोही क्षेत्र आसपासमा शव भेटिएको अनुमान गरिएको छ।

मृतक सन्दीप तामाङलाई चिन्ने वा उनीसम्बन्धि कुनै जानकारी हुनेहरुलाई लन्डन हेज प्रहरी वा लन्डनस्थित नेपाली दूतावासलाई सम्पर्क गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds