लेखकलाई मानहानी गरेको मुद्दामा अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प दोषी ठहर

लेखकलाई मानहानी गरेको मुद्दामा अमेरिकाका पूर्व राष्ट्रपति ट्रम्प दोषी ठहर

dolenl trupm 11

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प लेखक ई जीन क्यारोललाई मानहानी गरेको मुद्दामा दोषी ठहर भएका छन्।

ट्रम्प राष्ट्रपति भएका बखत क्यारोललाई बदनाम गरेको ठहर गर्दै अदालतले ८ करोड ३० लाख अमेरिकी डलरभन्दा बढी क्षतिपूर्ति तिर्न आदेश दिएको हो।

मानहानी सम्बन्धी मुद्दाका निर्णायकले लेखक क्यारोललाई भावनात्मक रुपमा क्षति पुर्‍याए बापत १ करोड ८० लाख ३० हजार डलर र उनको प्रतिष्ठामा आँच आउने काम गरेको भन्दै ६ करोड ५० लाख क्षतिपूर्तिको फैसला सुनाइएको हो ।

अदालतको फैसलालाई लेखक क्यारोलले महिलालाई होच्याउन खोज्ने ट्रम्मको बदमासीका लागि ठूलो हार भएको प्रतिक्रिया दिएकी छन् । तर पूर्व राष्ट्रपति ट्रम्पले भने फैसलालाई हास्यास्पद भनेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds