भारतको राजधानी नयाँ दिल्ली पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दिल्लीमा आफ्नो कुनै राजनीतिक भेटघाट नरहेको बताएका छन् । शनिबार दिउँसो दिल्लीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू भारत हिँड्नेबित्तिकै काठमाडौंमा अनावश्यक हल्ला चलेको बताए ।
शनिबार सभापति लामिछानेले नयाँदिल्लीमा पार्टी प्रवासले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेका थिए । ‘म निरन्तर दिल्ली आइ नै रहनेछु। अन्य कुनै कार्यक्रम छैन। कहिलेकाहीँ दिल्ली आइरहँदा काठमाडौँमा कुनचाहिँ सिल्लीले अर्कै हल्ला फैलाइसक्या हुन्छ,’ उनले भने, ‘यसलाई भेट्यो र उसलाई भेट्यो, यहाँ गयो र त्यहाँ गयो भनेर। ती सिल्लीहरूको हल्लाको पछि लाग्नु जरुरी छैन।’
उनले आफूले राजनीतिक भेटघाट नगर्ने तर बाटोमा कोही भेटिए भन्न नसकिने बताएका थिए । ‘म विशुद्ध हैदरावादको कार्यक्रममा आएको छु। बाटोमा कोही भेटिए बेग्लै कुरा हो, नत्र मेरो कुनै तालिका छैन।’
लामिछाने दुई दिने कार्यक्रम तय गरेर भारत गएका हुन्। उनको साथमा उपसभापति डोरप्रसाद अर्याल पनि सँगै दिल्ली गएका छन् । नेपालमा पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी अर्का उपसभापति डा. स्वर्णिम वाग्लेलाई दिइएको छ।
सम्बन्धित खबर
दक्षिण एसियाकै प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहनको २७ औं स्मृति दिवस, लोकप्रिय मात्र होइन, आमजनताको प्रधानमन्त्री
संघीय निजामती सेवा ऐन नियमित प्रक्रियाबाटै आउने
उद्योगी शेखर गोल्छा पक्राउ
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती