भ्रष्टाचार सूचकांकमा नेपालको अवस्था सुधार

भ्रष्टाचार सूचकांकमा नेपालको अवस्था सुधार

corruption

पोखरा । विश्वमा व्यापक भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा नेपालले केही सुधार गरेको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) रिपोर्टमा नेपालले गत वर्षको तुलनामा एक अंक बढी पाएको हो ।

गत वर्ष ३४ अंक पाएको नेपालले यसपटक ३५ अंक पाएको छ । एक अंक बढी ल्याएका कारण नेपाल सुशासन हुने मुलुकहरुको बरियताक्रममा दुई अंक अगाडि आएको छ । यससँगै गत वर्ष ११० औ स्थानमा रहेको नेपाल यसपाली १०८ औँ स्थापनमा पुगेको छ ।
यस्तै, यो वर्ष विश्वको सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा दक्षिण अफ्रिकी देश सोमालिया परेको छ ।

१८० देश सम्मिलित सूचकाङ्कमा डेनमार्क ९० अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक र सोमालिया ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकका रुपमा सूचीकृत भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले जनाएको छ ।

सुचकांकमा १०० अंकले अति स्वच्छ र ० अंकले अति भ्रष्ट जनाउँदछ भने ३५ अंकभन्दा कम स्कोर ल्याउने मुलुकहरू गम्भीर भ्रष्टाचारको समस्यामा परेको मानिन्छ ।

सीपीआई २०२३ मा दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले २६, भारत ९३, माल्दिभ्सले ९३, श्रीलंका ११५, पाकिस्तान १३३, बङ्गलादेश १४९ र अफगानिस्तान १६२ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds