पाकिस्तानमा इमरान खानलाई १० वर्ष कैद सजाय

पाकिस्तानमा इमरान खानलाई १० वर्ष कैद सजाय

imran-khan

काठमाडौं । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्षको जेल सजाय सुनाएको छ ।

राज्यका गोप्य सूचना चुहाएको आरोपमा उनलाई विशेष अदालतले जेल सजाय सुनाएको हो । पूर्वविदेशमन्त्री शाह इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्सफ पार्टीका उपाध्यक्ष हुन् ।

पूर्वप्रधानमन्त्री इमरान खानले भने यो आरोपको अस्वीकार गर्दै आएका छन् । उनले आफूमाथि लागेका सबै आरोप राजनीतिबाट निर्देशित भएको बताएका छन् ।

इमरान खान प्रधानमन्त्री भएका बेला मुलुकको गोप्य कुटनीतिक दस्ताबेज चुहाइएको आरोप उनीहरुमाथि थियो । उक्त सूचनाका कारण मुलुकको कुटनीतिक सम्बन्ध ध्वस्त हुन सक्ने भन्दै खानलाई आजीवन कैद वा मृत्युदण्डको सजाय माग गरिएको थियो ।

यसअघि इमरान खानलाई भ्रष्टाचारमा ३ वर्ष जेल सजाय सुनाइएको थियो र उनी हाल काराबासमा छन् ।

पाकिस्तानमा आउँदो ८ फेब्रुअरीमा आम चुनाव हुँदैछ । चुनावको पूर्वसन्ध्यामा प्रमुख दलका नेता इमरान खान र पार्टी उपाध्यक्ष कुरेसीलाई जेल सजाय सुनाइएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ