पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिता फागुन पहिलो साता हुने भएको छ ।
फागुन ४ देखि ७ गते सम्म पोखरा रंगशालामा प्रतियोगिता हुनेछ । प्रतियोगिताको कास्की छनौट माघ २४ र २५ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीताका लागि हिसानले गण्डकीले अनुरोध गरेको छ ।
हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाउन पाउने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए । उनले कास्की जिल्लाबाट १२ टिम छनौट हुने जानकारी दिए ।
कास्कीबाट १२ र अन्य जिल्लाबाट ४ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने अध्यक्ष बरालले बताए । कास्की छनौटमा करिब ५० विद्यालयको सहभागीता जनाउने प्रतियोगिताको व्यवस्थापन गरीरहेको सबिन मेमोरीयल फुटबल क्बलका अध्यक्ष सञ्जय लिगले बताए । कास्की छनौटबाट छानिएका १२ टिमले प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने छन् । प्रयितोगितामा एउटा विद्यालयबाट २ टिमले सहभागीता जनाउन पाउने उनले बताए ।
त्यसै गरी युनिभर्सिटी लेवल फुटसल प्रतियोगितामा गण्डकी प्रदेशका १२ टिमको सहभागीता हुने लिगले बताए । खुल्ला कलेजस्तरीय फुटसल प्रतियोगिताका विजेताले नगद २० हजार मेडल र ट्रफि, उपविजेताले नगद १० हजार मेडल र ट्रफि प्राप्त गर्ने छन् ।
उनले कास्की छनौट पोखरा ४ गैरापाटनमा रहेको वि– फिट फुटसलमा हुने बताए । त्यसै गरी प्रदेश स्तरीय प्रतियोगिता भने पोखरा रंगशालामा रहेको मल्टिपल हलमा हुने उनको भनाई छ । सविन मेमोरियल क्बल राष्ट्रिय फुटसल लिगको ए डिभिजन क्बल हो ।
हिसान फुटसल प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न सहयोग गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले बताए । युवाहरुमा भएको खेलकुदको प्रतिभा देखाउने ठाउँ नपाएकाहरुलाई यो अवसर हुने उनको भनाई छ ।
हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालको अध्यक्षतामा सम्पन्न बैठकले प्रतियोगिता सम्पन्न गर्न न्यायिक समिति बताएको छ । समितिमा केन्द्रिय सल्लाहकार सुर्य बहादुर जिसी को संयोजकत्वमा केन्द्रिय सचिव कृष्ण के.सी, कास्की जिल्ला अध्यक्ष यमबहादुर रोका र गण्डकी प्रदेश हिसानका सदस्य त्रिभुवन शर्मा रहेका छन् ।
बैठकले प्लस टुको टिम दर्ता माघ २३ गते भित्र गरिसक्नु पर्ने र युनिभर्सिटी लेवलको टिम दर्ता फाल्गुन १ गते भित्रमा गरिसक्नु पर्ने निर्णय गरेको छ । प्रतियोगिता सम्पन्न गर्न ६ लाख ५० हजार खर्च हुने प्रदेशका कोषाध्यक्ष राजेन्द्रमणी पौडेलले जानकारी गराए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह