पोखराका पत्रकारद्वय रोहित र रिखिरामलाई खेलकुद पुरस्कार

पुरस्कार

पोखराका पत्रकारद्वय रोहित र रिखिरामलाई खेलकुद पुरस्कार

Rikhi Rohit

पोखरामा क्रियाशील पत्रकारद्वय रोहितराज पराजुली र रिखिराम जिसी खेलकुद पुरस्कारबाट पुरस्कृत भएका छन् ।

संघीय युवा तथा खेलकुद मन्त्रालयले उनीहरुलाई बुधबार आयोजित कार्यक्रममा जनही नगद २५ हजार र सम्मानपत्रसहित पुरस्कृत गरेको हो ।

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, मन्त्रालयका सचिव रविलाल पन्थ लगायतले उनीहरुलाई खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० बाट सम्मान गरेका हुन् । पराजुली नयाँ पत्रिका दैनिकमा आवद्ध छन् भने जिसी नेपालप्रेस डटकमका पोखरा संवाददाता हुन् ।

समारोहमा खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० बाट रोहित र रिखिसहित ८ जन ापुरस्कृत भएका छन् । ५० हजार राशीको राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कारबाट गोविन्द रेग्मी र राष्ट्रिय खेलकुद सम्मान ९ जनालाई प्रदान गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds