पोखरा । माउण्ट अन्नपूर्ण मा.वि. नदीपुरका विद्यार्थीका बीच जनचेतनामूलक चलचित्र प्रतिबद्धता प्रदर्शन गरिएको छ ।
एड्स रोग नियन्त्रण संघ कास्कीले जनचेतना जगाऔं एचआइभी एड्स् हटाऊ भन्ने मूल उद्घोषका साथ निर्माण गरेको उक्त फिल्म संघले विभिन्न समय–समयमा प्रदर्शन गरेर पछिल्लो पुस्तामा जनचेतना लगाउँदै आएको संघका अध्यक्ष विश्वमोहन गौचनले जानकारी गराए ।
सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष रामप्रसाद अधिकारीले झण्डै तीन दशक अगाडिदेखि क्रियाशील एड्स रोग नियन्त्रण संघले लक्ष्मी र प्रतिबद्धता दुई जनचेतनामूलक फिल्मका साथै सचेतनामूलक गीतसमेत निर्माण गरेर समाजमा उल्लेख्य काम गरेको बताए । उनले संघको आयोजना र केन्द्रको सहआयोजनामा विभिन्न समयमा यसरी नै फिल्म प्रदर्शन हुँदै युवा पुस्तामा सचेतना फैलाउँदै आएकोसमेत जानकारी दिए ।
विद्यालयका प्रधानाध्यापक सइन्द्र श्रेष्ठले विद्यार्थी भाइबहिनीले सामान्य ठानेका घटना तथा विषयवस्तुले कालान्तरमा दुर्घटना निम्त्याउन सक्ने भएकाले त्यसबाट सचेत गराउन फिल्म उपयोगी रहेको धारणा राखे ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवाका प्रहरी हवल्दार गौतमकुमार हायुले पछिल्लो समय बढ्दै गएको साइबर अपराधबारे विद्यार्थीलाई सचेतना गराएका थिए ।
सम्बन्धित खबर
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो