माधव नेपालको जिल्ला पुगेर ओलीले भने- अब चुनाव जित्दैनन्, गठबन्धनले लात हानेपछि थाहा पाउँछन्

माधव नेपालको जिल्ला पुगेर ओलीले भने- अब चुनाव जित्दैनन्, गठबन्धनले लात हानेपछि थाहा पाउँछन्

'आफैंले बनाएको विशाल घरमा आगो लगाएर गठबन्धनलाई घर भन्दै हिँडे'

KP-oli-2

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले आफैंले बनाएको विशाल घरमा आगो लगाएर गठबन्धनलाई घर भन्दै हिँडेको टिप्पणी गरेका छन् ।

एमाले रौतहटको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘पहिला एमालेका नेता भएका, प्रधानमन्त्री समेत भएका । अहिले त काठमाडौंतिरै छन् । गठबन्धन भत्कन दिन्नँ, घरमा आगो लगाउँदिनँ, गठबन्धन त मेरो घर हो भन्दै हिँड्छन् । एमालेले पार्टीको प्रमुख १५ वर्ष बनायौं । हामीले उनलाई प्रधानमन्त्री, उपप्रधानमन्त्री बनायौं ।’

माधव नेपालले आफैंले बनाएको विशाल पार्टी दुई तिहाइ पुगेपछि पार्टी फोड्ने, सरकार ढाल्ने र कांग्रेसको पाउमा लगेर सरकार बुझाउने कामको अगुवाइ गरेको अध्यक्ष ओलीले बताए ।

उनले थपे, ‘यही जिल्लाका मान्छे गठबन्धन घर हो भन्छन् । तीनले त्यतिवेला थाहा पाउनेछन् जब गठबन्धनले लात हान्छ । अहिले पनि तीनको पार्टी राष्ट्रिय पार्टी छैन । अहिले स्वतन्त्र सांसदको हैसियतमा छन् । अर्कोपटक त्यो हैसियत समाप्त हुन्छ । अब अर्कोपल्ट माधव नेपालले चुनाव पनि जित्दैनन् । कुनै कारणले जित्दैनन् । उताका पैसा ल्याएर, कुनै हिसाबले पनि जित्दैनन् । जित्न पनि दिनुहुँदैन ।’

उनले मिसन २०८४ पछि देशमा जनताको सरकार बनाउन लाग्नुपर्ने भएकाले त्यसतर्फ केन्द्रित हुन आग्रह गरे । उनले एमाले सरकारमा हुँदा पैसाको अभावले विकास निर्माणको कुनै काम नरोकिएको उल्लेख गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ