माधवलाई झलनाथको प्रश्न – ३२ सीट सरकारको यो हालत छ, १० सीटले चलाए के होला ?

माधवलाई झलनाथको प्रश्न – ३२ सीट सरकारको यो हालत छ, १० सीटले चलाए के होला ?

१० सीट भएकाले प्रधानमन्त्री बन्न खोज्दा माधव नेपाल र नेकपा एसको इमेज थप ड्यामेज हुन्छ

madhav jhalnath

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले १० सीटमात्र भएको पार्टीले प्रधानमन्त्री दाबी गर्दा पार्टी र अध्यक्ष माधव नेपालको छवि थप बिग्रने टिप्पणी गरेका छन् । खनालले माधव नेपाल प्रधानमन्त्री बन्नेमा आफ्नो आपत्ति नरहे पनि त्यसले स्वयं नेपालको छवि थप ‘ड्यामेज’ हुने बताएका छन् ।

पत्रकार ऋषि धमलाको जनता जान्न चाहन्छन् कार्यक्रममा आलोपालो प्रधानमन्त्रीको बारे सोधिएको प्रश्नमा खनालले ३२ सीट भएको माओवादी पार्टीका अध्यक्षले खिचडी सरकार चलाउन नसकेको अवस्थामा १० सीट भएको पार्टीले कसरी चलाउने ? भन्ने प्रश्न गरे ।

पूर्व प्रधानमन्त्री खनालले माधव नेपाल आलोपालो प्रधानमन्त्री बन्नेबारेमा अहिलेसम्म गठबन्धनको बैठक र पार्टीमा समेत कुनै जानकारी नभएको बताए । यो हल्लै हल्लाको देश हो भन्दै खनालले माधव नेपाल प्रधानमन्त्री बन्ने कुरा पनि अहिलेसम्म हल्लामात्र भएको दाबी गरे ।

खनाल भन्छन्ः

‘अहिलेकै प्रधानमन्त्रीले राम्ररी काम गर्न सक्नु भएको छैन । उहाँले आफ्नो पपुलारिटी बढाउन सक्नुभएको छैन । देशका समस्या राम्ररी सम्बोधन गर्न सक्नुभएको छैन, उहाँ आफैं सन्तुष्ट हुनुहुन्न । देश र जनताको पक्षमा काम गर्न नसिकएकोमा उहाँलाई राम्रोसँग निद्रा पनि पक्कै लागेको छैन । यो अवस्थामा, हाम्रो पार्टीको अध्यक्ष प्रधामनन्त्री बन्नुहोला । उहाँ बन्ने कुरामा मलाई केही आपत्ति छैन ।

तर बन्नु भयो गर्न के सक्नुहुन्छ ? यो यो खिचडीको पनि खिचडी, ३२ वटा सिट भएको पार्टीले खिचडी सरकार चलाउँदा यो हालत छ, अब दशवटा सीट भएको पार्टीले खिचडी सरकार चलाउँदा के हालत होला ? मलाई त्यसमा चाहिँ चिन्ता छ । त्यसो गरेर हाम्रो अध्यक्षको इमेज अझै बढ्ता ड्यामेज हुने हो कि ? उहाँको ड्यामेज हुँदा हाम्रो सिंगै पार्टीको इमेज ड्यामेज हुने हो कि ? त्योपट्टि मलाई चिन्ता छ ।

उहाँ बन्ने कुरामा आपत्ति छैन । कुनै व्यक्तिलाई कुर्सीमा लगेर राख्ने मैले चाहने कि नचाहने भन्ने मुख्य कुरा होइन । यो देशलाई सही दिशामा लैजाने पो मुख्य कुरा हो । प्रचण्डपछि माधव शेरवहादुर के भएको होला,मलाई थाहा छैन । गठबन्धनको कुन बैठकमा त्यो सहमति भएको हो ? त्यो कुरा म जान्दिन र मलाई कसैले सुनाएको पनि छैन । भूमि शेरचनले भनेका छन् कि यो हल्लै हल्लाको देश हो ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ