पोखरा । पोखरा आएर गोर्खा वारियर्स टीमले इतिहास देखाउने सिनेमा निर्माण गरेको दाबी गरेको छ । शुक्रबार चलचित्र पत्रकार संघ नेपाल कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सिनेमाका निर्देशक मिलन चाम्सले वीर गोर्खालीको कथामा सिनेमा बन्नुपर्छ भन्ने लागेर निर्माण गरिएको बताए । फागुन ११ गतेबाट अल नेपाल प्रदर्शन हुने सिनेमाका विषयमा प्रचारप्रसार गर्ने हेतुले पोखरा आएका उनले पोखरा आफैमा लाउरेहरुको शहर भएको उल्लेख गरे ।
“पोखरामा आफैमा लाउरेहरुको शहर हो । यहाँ धेरै ब्रीटीस आर्मीमा काम गरेका वीर गोर्खालीहरु हुनुहुन्छ । गोर्खालीसँग पोखरा अनविज्ञ छैन ।”, उनले भने । नेपालीलाई चिनाउने तीन विषय सगरमाथा, गौतम बुद्ध र गोर्खाली भएको उनले बताए । करिब ३ वर्ष लगाएर सिनेमा निर्माण भएको उनको भनाई छ ।
“नेपाली विदेशिन चाहदैनन् तर अहिले दिनप्रतिदिन देश खाली भइरहेको छ । यो सबै कसरी भयो । यस्ता विषयहरु समेत सिनेमा मार्फत सन्देशको रुपमा पाइनेछ ।”, उनले भने । हँसिया , वीरविक्रम, लिलिबिली, बबी जस्ता सिनेमा निर्माण गरिसकेका चाम्सको वारमा आधारित रहेर सिनेमा निर्माण गर्ने योजना पहिलेदेखिको नै हो । उसो त उनी आफै पनि रिटायर्ड ब्रीटीस आर्मी हुन् ।
गोरखाज नेपालीको ब्राण्ड भएकाले अन्तर्राष्ट्रिय स्थरमा यसको प्रचारप्रसार गर्ने हेतुले सिनेमा निर्माण गरिएको भनाई उनको छ । गोर्खा वारियर्समा १९४९ वरिपरिको कथा समेटिएको छ । जतिबेला गोरखालीहरुले जंगल वार गरेका थिए ।
नायिका रेविका गुरुङले इतिहास जोगाउने सिनेमामा काम गर्न पाउँदा खुशी लागेको बताइन् । सिनेमामा वारसँगै परिवारको कथा व्यथा पनि समेटिएको उनको भनाई छ । ७० वर्ष अगाडिको कथामा आफु जोडिन पाउँदा हर्षित छिन् । सिनेमाको छायाँकन सिन्दुली, सोलुखुम्बु र काठमाडौंमा गरिएको जानकारी उनले गराइन् ।
नायक रितेश चाम्सले गोर्खालीहरुको २०९ वर्षको इतिहासमा सयौं कथाको एउटा कथा गोर्खा वारियर्स भएको उल्लेख गरे । सिनेमाबाट उनी आशावादी देखिन्छन् ।
मिडिया सल्लाहकारको भूमिकामा रहेका डब्बु क्षेत्रीले चलचित्र पत्रकार संघको विस्तारले नेपाली सिनेमाको प्रवद्र्धनमा टेवा पुगेको बताए । उनले गोर्खा वारियर्स गोरखालीलाई चिनाउने कथा भएको बताए । कथा हाम्रो र व्यथा पुर्खाको समेटेर सिनेमा निर्माण गरिएको भनाई उनको छ । सिनेमा युनिटले पोखरामा फागुन ७ गते प्रीमियर शो गर्ने योजना बनाएको छ ।
चाम्स इन्टरटेनमेन्ट र लन्डन सिनेआई प्रोडक्सनको ब्यानरमा निर्मित सिनेमाका निर्माता सुमन राई र सुस्मिता वाइवा हुन् । सिनेमामा रितेश र रेविका सँगै विजय लामा, कविता आले, रियर राई, बिरुप घले, सारा राई लगायतको अभिनय छ । सिनेमाको कथा निर्देशक चाम्स र गिरिराज घिमिरेले लेखेका हुन् ।
चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष प्रभु अधिकारीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको संचालन सचिव सन्तोष बस्यालले गरेका थिए ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु