नेपाल २१४ रनले विजयी, माल्दिभ्स १३ रनमा अलआउट

एसीसी महिला प्रिमियर लिग क्रिकेट:

नेपाल २१४ रनले विजयी, माल्दिभ्स १३ रनमा अलआउट

रुविनाको ऐतिहासिक शतक, टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली महिला क्रिकेटर

Rubina-Satak

एसीसी महिला प्रिमियर लिग क्रिकेटमा नेपालले मङ्गलवार माल्दिभ्सलाई २ सय १४ रनले हराएको छ।

२ सय २८ रनको लक्ष्य पाएको माल्दिभ्स १३ रनमा अलआउट भयो। नेपालकी अस्मिना कर्माचार्यले ४ तथा पुजा महतो र रुबिना क्षेत्रीले ३/३ विकेट लिए ।

अस्मिनाले ४ ओभरमा ७ रन, रुबिनाले ३.५ ओभरमा २ रन र पुजाले ३ ओभरमा २ रन खर्चिएका थिए ।

माल्दिभ्सका ६ जनाले खाता खोल्न सकेनन्। माल्दिभ्सले १३.५ ओभर मात्र टिक्न सक्यो। प्रतियोगितामा नेपालले लगातार तेस्रो खेल जितेको हो। समूह डीमा नेपाल ३ खेलबाट ६ अंक जोडेर विजेता बन्यो।

लगातार ३ जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

रुविनाको ऐतिहासिक शतक

खेलमा नेपालकी रुविना क्षेत्रीले शतक बनाएकी छन् । रुविनाले एक सय १८ रन बनाइन्।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पहिलो नेपाली महिला क्रिकेटर बनिन् ।  उनले ५९ बलमा ५ छक्का र १० चौका प्रहार गरेकी थिइन्। पूजा महतोले पनि ५९ रन जोडिन्।

पूजा र रुविनाले पाँचौँ विकेटका लागि एक सय ६६ रनको साझेदारी गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ