क्यानाडामा कार दुर्घटना हुँदा २ जना नेपाली विद्यार्थीको मृत्यु, ८ घाइते

क्यानाडामा कार दुर्घटना हुँदा २ जना नेपाली विद्यार्थीको मृत्यु, ८ घाइते

car-accident-canada

पोखरा । क्यानडाको अन्टारियो प्रान्तस्थित लण्डन सहरमा कार दुर्घटना हुँदा दुईजना नेपाली विद्यार्थीको मृत्यु भएको छ।

लण्डनबाट उत्तर दिशामा रहेको हाइबरी एभ्येनुमा पर्ने माइल्स रोड र इडर्टन रोड क्षेत्रमा मंगलबार साँझ तीनवटा कारहरू दुर्घटनामा परेको अन्टारियो प्रोभिन्सियल पुलिसले जनाएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोकका युवक र सोलुखुम्बुकी युवती रहेको खुलेको छ । उनीहरु दुवै जना अविवाहित भएको बुझिएको छ। स्थानीय प्रहरीले गोपनीयताका कारण उनीहरूको नाम भने सार्वजनिक नगरेको बताइएको छ । उनीहरू लण्डनस्थित फेन्सअ अलेजमा अध्ययनरत विद्यार्थी रहेको जनाइएको छ ।

घटनामा ८ जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । तीमध्ये दुईजनाको अवस्था सिकिस्त रहेको जनाइएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

नियमति काममा जाँदै गरेका नेपाली विद्यार्थी सवार कार दुर्घटनामा परेको हो।

ओभरटेक गर्ने क्रममा तीनवटा कार आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाई छ। दुर्घटनापछि कार चालक नेपाली युवकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ