पोखरा । रुसी सेनामा भर्ती भएर युक्रेनसँगको लडाइँमा ज्यान गुमाएका नेपालीका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुस सरकार तयार भएको छ ।
मस्कोमा रहेको नेपाली दूतावासमार्फत परिवारलाई क्षतिपूर्ति पठाउन रुस सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रुसी सेनामा भर्ती भएर युद्धमा मारिएको पुष्टि भएका १० जना नेपाली नागरिकका परिवारले अब सरकारी संयन्त्रमार्फत क्षतिपूर्ति पाउने भएका छन् । यसअघि रुसले मृतकका परिवारका एकजना सदस्य क्षतिपूर्तिका लागि मस्को जानुपर्ने भन्दै आएको थियो ।
क्षतिपूर्तिका लागि रुसमा रहेको नेपाली दूतावासले मृतकका परिवारसँग समन्वय गरेर मृतकको पहिचान र सम्बन्ध खुलाउने कागजात पठाउने भएको छ ।
दूतावासले कागज प्रमाणित गरेर क्षतिपूर्ति रकम बुझेपछि त्यो रकम परराष्ट्र मन्त्रालयमा आउनेछ । त्यसपछि जिल्ला प्रशासन कार्यालयमार्फत पीडितका परिवारलाई क्षतिपूर्तिबापतको रकम हस्तान्तरण गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मृतकका परिवारले कति रकम बराबरको क्षतिपूर्ति पाउँछन् भन्ने यकिन भैसकेको छैन ।
रुसी सेनामा कति नेपाली कार्यरत छन् भन्ने यकिन विवरण पनि छैन । रुसमा रहेका परिवारका सदस्यलाई स्वदेश फर्काउन पहलका लागि माग गर्दै दुई सय ५० भन्दा धेरै परिवारले कन्सुलर सेवा विभागमा निवेदन दिएका छन् ।
सम्बन्धित खबर
ब्राजिलमा बाढीका कारण ७५ जनाको मृत्यु, १०३ जना बेपत्ता
डीभीको रिजल्ट आयो, यसरी हेर्न सकिन्छ नतिजा
अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी हेर्न सकिन्छ
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै
क्यानडा पढ्न जानेलाई दूतावासको सुझाव : विद्यार्थीले सोचेजस्तो छैन, विचार गरेर आउनुस्
पोखराका राजु आचार्यलाई ५० हजार पाउन्डको ह्विट्ली पुरस्कार
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग