वनभोज गएका स्वकीय सचिवको खाना सर्किएर मृत्यु

वनभोज गएका स्वकीय सचिवको खाना सर्किएर मृत्यु

Ramechhap-Nagarpalika

रामेछाप। वनभोज कार्यक्रमअन्तर्गत खाना खाने क्रममा खाना सर्किएर कर्मचारीको मृत्यु भएको छ।

रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको खाना खाने क्रममा सर्किएर मृत्यु भएको जिल्ला अस्पताल रामेछापले जानकारी दिएको छ ।

नगरपालिकाका कर्मचारीहरुले शनिबार सोही पालिकाको वडा नं ७ सुकाजोरमा रहेको ताराखस्यो पोखरीमा आज वनभोज आयोजना गरेका थिए। खाना खाने क्रममा सर्केएपछि श्रेष्ठलाई लामो समयसम्म खोकी लागेको थियो।

खोकीका कारण श्रेष्ठ शिथिल हुँदै गएपछि निजलाई जिल्ला अस्पताल पुर्याइएको थियो।

यद्यपी जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौँबाट हेलिकप्टर झिकाउने प्रयास भइरहँदा उनको मृत्यु भएको बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds