लहरी गाडी दुर्घटना हुँदा एकै घरका दुईसहित तीन बालबालिकाको मृत्यु

लहरी गाडी दुर्घटना हुँदा एकै घरका दुईसहित तीन बालबालिकाको मृत्यु

Morang-accident

मोरङ । मोरङको बुढीगंगामा गाडी पल्टिँदा एकै परिवारका दुईसहित तीन जना बालबालिकाको मृत्यु भएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा बुढीगंगा गाउँपालिका–४ की ज्योति अधिकारीकी जुम्ल्याहा चार वर्षीया छोरी इसिता अधिकारी, चार वर्षीय छोरा निशान्त अधिकारी र ८ वर्षीया रिहा खवास रहेका छन्।

दुर्घटनामा ज्योति अधिकारी गम्भीर घाइते भएकी छिन्।

शुक्रबार बिहान ७ बजेतिर उद्योगतर्फ जाँदै गरेको आरजे २९ जिबी १५६१ भारतीय नम्बर प्लेटको लहरी गाडी दुर्घटना भएको हो। प्रहरीका अनुसार उक्त लहरी ज्योतिको घरमा पल्टिएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ