पोखरा । ताप्लेजुङमा ५ वर्षअघि १५ फागुनमा हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई अनेरास्ववियु कास्कीले एक कार्यक्रम गरेर सम्झिएको छ ।
छैटौं स्मृति दिवसको अवसरमा अनेरास्ववियु कास्कीले ‘सम्झनामा रविन्द्र अधिकारी’ कार्यक्रम आयोजना गर्दै मंगलबार संगठनका कास्की जिल्ला र केन्द्रका पूर्वाध्यक्ष रवीन्द्रको योगदानको स्मरण गरेका अनेरास्ववियु जिल्ला कमिटी कास्की सन्तोष पोखरेलले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथि अनेरास्ववियु केन्द्रिय लेखा आयोग अध्यक्ष सुनिल तिमिल्सिना र प्रमुख वक्ता नेकपा एमाले केन्द्रिय सदस्य एवं रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठान अध्यक्ष विद्या भट्टराई अधिकारी थिइन् ।
रविन्द्र अधिकारीले पार्टीमा र संसद खेलेको भूमिका निकै प्रशंसनीय रहेको एमाले पोखरा महानगरपालिका कमिटी अध्यक्ष दिलिप न्यौपानेले बताए । अखिलको राजनीतिभित्र र बाहिर रविन्द्रले खेलेको भूमिकाबारे एमाले जिल्ला कमिटी सदस्य इमान पौडेलले सुनाए ।
कार्यक्रममा अनेरास्ववियु पूर्वउपाध्यक्ष तथा नेकपा एमाले गण्डकीका पूर्व उप-सचिव रश्मि आचार्य, अनेरास्ववियु केन्द्रिय स्थायी कमिटी सदस्य बिजय पौडेल, केन्द्रिय सदस्य एवं कास्की ईन्चार्ज अनुप लामिछाने, केन्द्रिय सदस्य बिष्णु पोखरेल, अनिता पौडेल, महेश श्रेष्ठलगायतको उपस्थिति थियो भने कार्यक्रम सन्चालन नेतृ रमिला पौडेलले गरेकी थिइन् ।
रविन्द्र २०४५ सालमा अनेरास्ववियु कास्की अध्यक्ष र २०५६ सालमा केन्द्रिय अध्यक्ष बनेका थिए ।

सम्बन्धित खबर
सरकारको ज्यादती बढ्यो, दशैं तिहारपछि सडक आन्दोलनमा जान्छौँ: प्रचण्ड
‘बाढीमा बेपत्ता भएकालाई मृत घोषणा गर्न १२ वर्ष कुर्न हुँदैन, निर्णय होस्’
देउवालाई गगनको व्यंग्य– वडा अधिवेशनको उद्घाटन गर्न आइदिनुस्
पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालय ३९ सदस्यीय ! फेरि थपियो विज्ञ सल्लाहकार
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
मौलापुरकी मेयरले बालेनलाई भनिन्: टुकुचामा गाडिदिने भन्नुहुन्थ्यो, क-कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन