सेतीमा बेपत्ता व्यक्तिको खोजिका लागि बिहीबार ड्याम खोलिने, नदी छेउछाउ नजान आग्रह

सेतीमा बेपत्ता व्यक्तिको खोजिका लागि बिहीबार ड्याम खोलिने, नदी छेउछाउ नजान आग्रह

seti

पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले बिहीबार बिहान सेती नदीको ड्याम खोलिने भएकाले नदी छेउछाउ नजान तथा सतर्कता अपनाउन आग्रह गरेको छ।

शनिबार माछा मार्ने क्रममा सेती खोँचमा खसेर हराइरहेका व्यक्तिको खोजतलासका लागि ड्याम खोलिन लागेको प्रहरीले जनाएको हो।

गत शनिबार माछा मार्न गएका ५ जना मध्ये पोखरा -१ सिमपानी बस्ने मान बहादुर तामाङसहित दुई जना सेती नदीमा खसेर बेपत्ता भएका थिए। बेपत्ता उनीहरुको नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सहितको टोलीले खोजिकार्य गरेपनि अर्का एक जनाको मात्र शव प्राप्त भएको थियो।

बेपत्ता तामाङको खोजीका लागि ड्याम खोलेर पानीको बहाब बढाउनु पर्ने भएकाले बिहीबार बिहान ८ बजेदेखि १२ बजेसम्म सेती नदीको छेउछाउ नजान तथा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ