अफगानिस्तानमा हिमपातका कारण ४२ जनाको मृत्यु

अफगानिस्तानमा हिमपातका कारण ४२ जनाको मृत्यु

himpat (1)

पोखरा । अफगानिस्तानमा अत्यधिक हिमपातका कारण कम्तीमा ४२ जनाको मृत्यु भएको छ।

७६ जना घाइते भएका स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्।

तालिवान सरकारको प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा हिमपात भएको जानकारी दिएको छ। हिमपातका कारण दुई हजारभन्दा बढी घरहरुमा क्षति पुगेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।

हिमपातबाट प्रभावितहरुलाई मन्त्रालयको तर्फबाट अत्यावश्यक सेवा तथा सामग्रीहरु उपलब्ध गराइएको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ