यी स्थानमा बदली, वर्षा र हिमपातको सम्भावना

यी स्थानमा बदली, वर्षा र हिमपातको सम्भावना

mausam

पोखरा । देशका केही स्थानमा आज आइतबार बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मैसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।

अहिले देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।

आइतबार दिउँसो देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम बर्षा र बाँकी क्षेत्रको थोरै स्थानहरूमा छिटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

यस्तै, राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम बर्षाको साथै बाँकी क्षेत्रका एक-दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ